१२ बैशाख २०८१, बुधबार

डब्ल्यूएचओले वुहान भाइरसको कारण अन्तर्राष्ट्रिय आपतकालको घोषणा गर्‍यो

wuhan virus update

विश्व स्वास्थ्य संगठनले बिहीबार (जनवरी ३०) चीनबाट फैलिएको घातक कोरोनाभाइरसको कारण विश्वव्यापी आपतकालिन घोषणा गरेको छ। चीनमा मर्नेहरूको संख्या नाटकिय रुपमा बढेपछी सो निर्णय गरिएको छ ।

जेनेभास्थित युएन स्वास्थ्य एजेन्सीले (डब्लु एच ओ) सुरुमा यो रोगले निम्त्याएको खतरालाई कम आँकेको तर अहिले चीनमा २०० भन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कारण यसको जोखिम मूल्यांकन गरेर आपतकाल घोषणा गरेको छ ।

“हाम्रो सबैभन्दा ठूलो चिन्ता कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा भाइरस फैलिने सम्भाव्यता हो,” डब्ल्यूएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले जिनेभामा एउटा ब्रीफिंगमा भने।

“थप संन्क्रमणलाई सीमित गर्न हामी सबैले अब सँगै काम गर्नुपर्दछ, हामी सँगै भएर मात्र यसलाई रोक्न सक्छौं।”

धेरै देशहरूले आफ्नो नागरिकलाई चीन नजानु भनेर आग्रह गरिसकेका छन् भने कोहीले मध्य चिनियाँ शहर वुहानबाट यात्रुहरूको प्रवेशमा प्रतिबन्ध लगाएको छ, जहाँ भाइरस पहिलो पटक देखा पर्‍यो।

इजरायलले चीनबाट सबै उडानहरू प्रतिबन्धित गरेको छ भने रूसले प्रकोपको बेला चीनसँगको आफ्नो पूर्वी सीमालाई बन्द गरेको छ ।

६००० पर्यटकहरु बोकेको एक क्रुज शिप मा रहेका २ चिनियाँ यात्रुमा भाइरसको श्ंकाको कारण ईटालीमा उक्त जहाजलाई रोकेर यात्रुहरु को स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण को नतिजा नकारात्मक आएपछी सो जहाज लाई छोडिएको थियो ।

    सम्बन्धित समाचार...