fbpx
६ बैशाख २०७८, सोमबार

राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ

सांकेतिक तस्विर

जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत सहित २ जना डेढ लाख घुस सहित पक्राउ परेको छ ।

अन्त शुल्क समायोजन गर्न सेवाग्राहिबाट लिएको १ लाख ५० हजार रुपैया घुस सहित कर अधिकृत रमेश ढकाल र कन्सलटेन्सी सञ्चालक नविन कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले पक्राउ गरेको हो । बुधबार राति ९ बजे दुबै जनालाई घुस रकम सहित अन्नपूर्ण गेष्टहाउसबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले बताए। जनकपुर ध ाम उपमहानगरपालिका –६ स्थित नटराज स्प्रिट इन्डस्ट्रीज प्रालीको अन्त शुल्क समायोजन गर्नका लागि कर अधिकृत ढकालले १ लाख ५० हजार घुस मागेका थिए । घुसको रकम आर एन म्यानेजमेन्ट अकाउन्ट् कन्सलटेन्सीका प्रोप्राइटर नविन कर्णलाई दिन भनेका थिए । कर अधिकृत ढकालले कर्णको मोवाइल नम्बर दिएर घुस रकम दिन भनेका थिए । सेवाग्राहीबाट लिएको घुस सहित दुवै जनालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।