१४ बैशाख २०८१, शुक्रबार

फिल्म साहोका भिलेन नेपाली फिल्म खेल्दै

kanij

केही अगाडि घोषणा भएको फिल्म “अाँधी तुफान २” मा साउथ फिल्म साहोमा अभिनय गरेका भिलेनको रुपमा कनिज कोइराला देखिने भएका छन् । फिल्मका लागि कनिजले फिल्म निर्माण टिमसंग एग्रिमेन्ट भइसकेका कुरा फिल्मका निर्माता मौनता श्रेष्ठले बताए ।

फिल्मका लागी उनी केही समयपछि नेपाल आउन लागेको समेत जानकारी समेत निर्माण टिमले दिएका छन । कनिज अहिले भारतको हैदराबादमा छन् । त्यहाँ उनले प्रभासको नयाँ फिल्म ‘आधीमानव’ अभिनय गरिरहेको बताइएको छ । ‘आधीमानव’पछि उनको हातमा केही साउथ फिल्म छन् । तर उनले ती फिल्म ‘आँधी तुफान–२’ पछि अभिनय गर्ने बताइएको छ ।

२०६३ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा बन्न लागेको यो फिल्म महिला कलाकारको एक्सनले भरिएको हुनेछ ।

फिल्ममा कनिज बाहेक आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराल,संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बाल कलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

चैत्रको पहिलो साताबाट छायाँकनका लागि फ्लोरमा निस्कने फिल्म थ्रिलर र सस्पेन्स बिषयमा बन्ने समेत बताइएको छ ।

मदन घिमिरेले निर्देशन गर्ने फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ ।