१३ बैशाख २०८१, बिहीबार

कोमल वली काठमाडौं जिल्ला अदालत परिसरमा, रघुजी पन्तविरुद्ध मुद्दा दायर

157784637 441589590505113 3181090871415937056 n scaled

लोक गायिका सञ्चारकर्मी तथा राष्ट्रिय सभासदस्य कोमल वली रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्न अदालत पुगेकी छिन् । गाली बेइज्जतीको मुद्दा दिन आफू काठमाडौं जिल्ला अदालत पुगेको वलीले बताइन्।

komal woli

वली पन्तविरुद्ध गाली बेइज्जती मुद्दा बोकेर काठमाडौं जिल्ला अदालत पुगेकी हुन् । नेता रघुजी पन्तले यही दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएको र इज्जतमा दाग लागेको भन्दै कारबाहीको माग गरेकी छिन् ।

पन्त र वली दुवै पुनर्स्थापित एमालेका नेता हुन्।

निवर्तमान नेकपाका स्थायी समित सदस्य पन्तले केही दिनअघि भाषण गर्ने क्रममा लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृले अवसर नपाएको तर वली पिडुँला देखाउँदै पोइल जान पाम भनेका भरमा सांसद बनेको टिप्पणी गरेका थिए।

पन्तले २०७७ फागुन १५ गते काठमाडौ स्थित सामाखुसी, ग्लोवल क्याफेमा भएको नुवाकोटका पूर्वएमाले कार्यकर्ता भेलालामा सम्बोधन गर्ने क्रममा ‘गोडा पिँडुला देखाउदै पोइला जना पाम भने पछि सांसद बनाएको, पोइला जान पाम भनेपछि संसद त तीनै भइन् । कपाल फुलेका बुढीहरुले केही पाएनन् । २० औ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिँडुला देखाउदै पोइला जान पाम भने पछि कोमल ओलीलाई केपी ओलीले सांसद बनाएको” भनी अभिव्यक्ति दिएकोमा वलीले आपत्ति जनाउँदै आएकी थिइन् ।

जसका कारण नेता पन्तको व्यापक आलोचना भइरहेको थियो। यस क्रममा पन्तले आफू महिलाको सम्मान गर्ने व्यक्ति भएको तर बोल्ने क्रममा जिब्रो चिप्लिएको भनेर सार्वजनिक रूपमा माफी पनि मागेका थिए।

woli komal