९ श्रावण २०७८, शनिबार

गाईघाटकी किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा चौधरी पक्राउ

rape

यही फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ ।

उदयपुर गाईघाटकी वर्ष १७ की बालिकालाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याई जबर्जस्ती करणी गरेको आरोप छ । पीडित बालिकाले यही २१ गते जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशलटारस्थित कोठाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले आज भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान र कारवाही अगाडि बढाएको छ ।