८ बैशाख २०८१, शनिबार

बेमौसममा रासायनिक मलले भरियो गोदाम, आएको मल आगामी वर्षको धान खेतीलाई

urea mall

अन्नको भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ । धानखेतीका लागि असार साउन र गहँु तथा तोरी खेतीका लागि कात्तिक महीनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ ।

यस वर्ष धान र गहुँको मौसममा मलको हाहाकार नै भयो । मागको करीब ५० प्रतिशत मात्रै मल किसानले बडो मुिस्कलले पाए । मौसमका बेला कृषि सामग्री कम्पनीका गोदाम खाली हुन्थे । त्यही खाली गोदाम हेरेर किसान निराश भएर फर्कन्थे तर हिजोआज कृषि सामाग्री कम्पनी कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान निक्कै उत्साहित र मख्ख छन् ।

प्रायः सधैँ खाली हुने गोदाम रासायनिक मलले भरिएका छन् । आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ । अहिले गोदाममा करीब १३ सय टन रासायनिक मल मौज्दात छ ।

रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थालाई मागेजति दिइरहेको कान्ति पोखरी सहकारी संस्थाका व्यवस्थापक रमजान अलि इद्रिसीले बताउनुभयो । पछिल्ला दिनमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोष्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप् रतिको निर्भरता बढ्दै गएको छ । रासायनिक मलको अभावका कारण कृषिउपजको उत्पादन समेत प्रभावित हुँदै आएको छ ।

अहिले किसानलाई हिँउदे मकैका लागि मल आवश्यक छ । धान गहुँको मौसममा मलको हाहाकार भए पनि पछिल्ला दिनमा युरिया र डिएपी मल पर्याप्त मात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीले मागे अनुसार नै मल वितरण गरिरहेको कृषि सामग्री कम्पनी नेपालगञ्जका प्रबन्धक रमेश पौडेलले बताउनुभयो ।

अहिले आएको मल आगामी वर्षको धानको याममा वितरण गर्ने तयारी कम्पनीको छ । बाँकेका ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ । बाँकेमा धानखेतीका लागि तीन हजार ५०० मेट्रिकटन युरिया, एक हजार ५०० मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास मल आवश्यक पर्छ ।

त्यसैगरी बाँकेमा करिब १८ हजार हेक्टरमा गहँुखेती हुन्छ । गहुँखेतीका लागि दुई हजार ५०० मेट्रिकटन युरिया एक हजार ५०० मेट्रिकटन डिएपी र ५० टन पोटास मल आवश्यक पर्छ ।