१३ बैशाख २०८१, बिहीबार

महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा अध्यक्ष दाहालको जोड

prachanda pushpalaal smriti
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनुभएको छ ।

एक सय ११ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताउनुभएको छ ।

उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि भइरहेका आक्रमण र दुव्र्यवहारले सङ्घर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलितलगायत समुदायमाथि संरक्षण गर्ने निकायबाटै आक्रमण हुनु विडम्बना रहेको बताउनुभएको छ ।