६ बैशाख २०८१, बिहीबार

विप्लवले भने: कारागारमा रहेका कार्यकर्ता पनि उत्साहित छन्, कारागार पुगेर दाईलाई भेटे

biplav 1024x624 1
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हाल कारागारमा रहेका कार्यकर्ताहरु निकै उत्साहित रहेको बताएका छन् ।

आज मात्रै चितवन आइपुगेका विप्लव भरतपुर कारागारमा आफ्ना दाई चन्द्र बहादुर चन्द ‘वीरजंग’ भेट गरेपछि कुरा गर्दै जेलभित्र रहेका कार्यकर्तामा छुट्टै उत्साह छाएको बताए ।

‘जेलमा कार्यकर्ता निकै उत्साहित, आत्मविश्वासी, दृढ निश्चयी छन्’–विप्लवले भने । शान्तिप्रक्रियामा आएपछि कार्यकर्ताबाट कस्तो प्रतिक्रिया पाउनु भयो भन्ने प्रश्नमा विप्लवले भने–‘हाम्रा कार्यकर्ता मात्रै होइन, सिंगै देश नै खुशी छन्, सारा नेपाली सकरात्मक छन् ।’