१२ बैशाख २०८१, बुधबार

अपराध न्युनीकरणकालागि संयुक्त टीम बनाउनु पर्छ : प्रहरी उपरिक्षक अधिकारी

158349597 760012327953683 8254532705801310945 n

कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्लामा बढीरहेको आपराधिक खटना न्युनीकरणकालागि समुदाय र प्रहरीको संयुक्त टीम बनाउनु पर्ने बताएका छन । लागुऔषध चोरी तस्करी, महिला हिंसा लगायतका घटनाहरुको न्युनीकरणकालागि संयुक्त टीम बनाउनु पर्ने उनले बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयद्धारा संयुक्तरुपमा तौलिहवा स्थित तौलेश्वरनाथ मन्दिरमा आयोजित समुदाय प्रहरीका बिषयमा केन्द्रको बैठक र छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन । प्रहरी उपरिक्षक अधिकारीले बिभिन्न आपराधिक खटना न्युनीकरणकालागि समुदाय र प्रहरीको संयुक्त टीम बनाएर गाउ गाउमा बृहद सचेतनामुलक कार्यक्रम संचामलन गुर्न पर्ने उनले बताए । बिभिन्न अपराधिक खटनाहरु समुदायस्तरबाटै भएको भन्दै त्यसको नियन्त्रणकालागि समुदायले प्रहरीलाई साथ दिनु पर्ने उनले बताए ।

हरेक जसो घटनाहरुलाई जिल्लामा राजनीतक रंग दिईने गरिएको प्रति चिन्ता ब्यक्त गर्दै प्रहरीलाई निष्पक्ष काम गर्ने वातावरण मिलाई दिन समेत समुदाय अग्रसर हुुनु पर्ने उनले बताए । अहिले लागु औषध, यौन हिंसा, तस्करी, आगलागी लगायतका घटनामा बिद्यार्थीहरु नै संलगन रहेको पाइएकाले त्यसको न्युनीकरणकालागि आफुहरुले पाठ्यक्र नै निर्माण गरेर सरकारी बिद्यालयसंग सहकार्य गरेको उनले बताए ।

जिल्लामा रहेका १० वटै पालिकाका ५ सय ५८ वटा सरकारी बिदालयमा आफुहरुले तयार पारेको पाठ्यक्रम लैजाने उनले बताए । उनले अपराध नियन्त्रणमा समुदायकै योगदान महत्वपुर्ण हुने भएकाले समुदायले पनि चासो दिनु पर्ने बताए । उनले प्रहरीलाई हस्तक्षेप नगरी काम गर्न दिनु पर्नेमा जोड दिए । केन्द्रका अध्यक्ष देबी प्रसाद बर्माको अध्यक्षता गोपीकृष्ण शर्माको संचालनमा भएको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, समाजसेबी राजु अर्याल लगायतले समुदाय र प्रहरी बिच समन्वय गरेर अघि बढनु पर्नेमा जोड दिएका थिए ।