१२ बैशाख २०८१, बुधबार

विश्वभर ९ करोड २६ लाख संक्रमणमुक्त, २५ लाख ९८ हजारको मृत्यु

corona world

विश्वभरमा नौं करोड २६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा नौं करोड २६ लाख ३३ हजार पाँच सय ४१ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ११ करोड ७० लाख ५९ हजार चार सय ४२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २५ लाख ९८ हजार नौं सय ८२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १८ लाख २६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ९६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड दुई लाख ७० हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ३७ हजार एक सय १७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड १२ लाख १० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड आठ लाख ६६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५७ हजार सात सय ९१ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७४ हजार ६ सय ५५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७० हजार आठ सय २८ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार १० जनाले ज्यान गुमाइसकेका छन् ।