७ बैशाख २०८१, शुक्रबार

परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिवार्य

tribhwan university

त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा सीसी क्यामेरा अनिवार्य गरेको छ ।

परीक्षालाई व्यवस्थित बनाउन त्रिविले सीसी क्यामेरालाई अनिवार्य गरेको हो । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको जनाएकाे छ ।

यो सँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी २० चैतभित्र परीक्षा सञ्चालन, उत्तरपुस्तिका सिलबन्दी कक्ष र प्रवेशद्वारको सम्पूर्ण दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सीसी क्यामेरा जडान गरी सोको विवरण उपलब्ध गराउन सम्बन्धित परीक्षा केन्द्रलाई सूचित गरेको जनाएकाे छ ।