१४ बैशाख २०८१, शुक्रबार

लागुऔषध सहित तीनजना पक्राउ

police

चितवनमा लागुऔषध गाँजासहित तीनजना पक्राउ परेका छन । भरतपुर महानगरपालिका ११ स्थित जखेडिमाई मन्दिर नजिकै प्रहरीबिट गणेशधामबाट खटिएको प्रहरी टोलीले चारकिलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भरतपुर २ बेलटाँडीका २९ बर्षिय श्याम थापा क्षत्री,साहि स्थानका ३२ बर्षिय टेकेन्द्र राजवंशी र इच्छाकामना गाँउपालिका ७ का भिमराज गुरुङ रहेका छन । शुक्रबार साँझ ६ बजे सिमलढापबाट भोजाड तर्फ आउँदै गरेको बागमी प्रदेश ०३–००१ प १९२ नम्वरको मोटरसाइकल र ना ५४ प ३६०८ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनिहरुलाई चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।