१२ बैशाख २०८१, बुधबार

फिल्म ‘कबड्डि ४’ को छायांकन अगाबै रिलिज मिति घोषणा

kabaddi 4

बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’को प्रदर्शन मिति सार्वजनिक भएको छ फिल्मको छायांकन निर्माण टिमले फिल्म २०७८ सालको दशै अर्थात (असोज १५) मा रिलिज गर्ने भएको हो ।

निर्माण टिमले सुक्रबार सामाजिक सञ्जालमा अघिल्लो सिरिजको सो रिल सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

गतबर्ष पनि दशैकै छेको पारेर असोज ३ मा प्रदर्शन भएको ‘कबड्डी-३’ ले १० करोड माथिको ग्रस कलेक्शन गरेको थियो ।

बैशाखको पहिलो साताबाट फ्लोरमा निस्कने यस फिल्म कबड्डीको अन्तिम सिक्वेल भनिएको छ ।

कबड्डिको मुख्य कलाकारहरुमा दयाहाङ राई, बुद्वि तामाङ, बिजय बराल, माओत्से गुरुङ, कमलमणि नेपाल लगायत निरन्तर दोहारिरहेका छन् भने निश्चल बस्नेत, रिश्मा गुरुङ, शिशिर बाङ्देल लयागतले पहिलो र दोस्रो पार्टमा रहेपनि तेस्रो सिक्वेलमा देखिएका थिएनन् ।

त्यस्तै दोस्रो सिक्वेलमा देखिएको सौगात मल्ल पनि तेस्रोमा दोहोरिएका थिएनन् । भने गतबर्ष प्रदर्शनमा आएको तेस्रोमा कर्मा, विल्सन बिक्रम राई र मैयाको रुपमा उपाशना सिह ठकुरि उपस्थित रहेकि थिइन ।

फिल्मका निर्देशक राम बाबु गुरुङका अनुसार यसपटक भने कथाको अन्त्य गर्ने तयारि रहेको हुनाले फिल्ममा केही पुराना र केही नयाँ कलाकार हुने बताएका छन । भने दोस्रो पार्टमा देखिएका सौगात मल्ल रहने कन्फर्म रहेका छ ।

योबाहेक फिल्ममा हिरोइन को रहने भन्ने पनि खुलाइएको छैन । तर, केही दिनअघि एक विज्ञापनमा उपासना सिंह ठकुरी, दयाहाङ राई, बुद्धि तामाङ र विजय बरालसँगै देखिएकी कारण यसमा उपाशना दाहोरिने अनुमान गर्न सकिन्छ ।

यसको सबै श्रृखला रामबाबु गुरुङले निर्देशन गर्दे आइरहेका छन । निर्देशक रामबाबु र उपेन्द्र सुब्बाले मिलेर कथा लेखिरहेको यसको पहिलो पार्ट २०१४ मा दोस्रो पार्ट २०१५ मा र तेस्रो पार्ट २०१९ मा प्रदर्शन भएको थियो ।

https://www.facebook.com/watch/?v=338513254225229