११ बैशाख २०८१, मंगलवार

नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दै

ncp sansadiya dala office nepal ghatana

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री ओली समूहका सांसदको बैठक बालुवाटारमा बस्ने छ । शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ । दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ । यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई शनिबार बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् ।

भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् । नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन् । उनी पार्टी एकताको अभियान चलाइरहेका छन् । नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ । नेकपामा प्रतिनिधि सभामा १७२ (१ जना सभामुख र निधन भएका सांसदसहित १७४) सांसद छन् । राष्ट्रिय सभामा ४९ (अध्यक्षसहित ५०) सस्दय छन् ।