१३ बैशाख २०८१, बिहीबार

दीपेन्द्रको नयाँ सिनेमा ‘२ नम्बरी’, दया, पल र वर्षा मुख्य भूमिकामा

numbari

‘गोपी’ तथा ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरेर सफलता पाएका निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा बन्ने नया फिल्म २ नम्बरी को राजधानिमा एक कार्यक्रम गरि घोषणा गरिएको छ । रेड वर्ड प्रोडक्सन प्रा लि र आर पि फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म सोसियल कमेडि जनरमा निर्माण हुने भएको छ ।

माघको २५ बाट छायाँकन सुरु गरेर २०७७ सालको जनैपुर्णिमा रिलिज मिति तय गरिएको फिल्ममा दयाहाङ राइ पल शाह बर्ष राउत बुद्धि तामाङ लगायतको अभिनय रहने छ ।

फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली निर्मातामा रोहित कठेत र सरोज नेपाली सह निर्मातामा अमलादेबि राई कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सिनेमाटोग्राफरमा सुसन प्रजापतिको रहेको छ । फिल्मको घोषणा कार्यक्रममा फिल्मको बारेमा सम्पुर्ण निर्माण टिमले मेहनत गरेर राम्रो बनाउने बताएका थिए ।

    सम्बन्धित समाचार...