७ बैशाख २०८१, शुक्रबार

सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्ति हत्याको २० दिनपछि अपराधी सार्वजनिक

uuuuuuu

रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

भाडगाउँ निवासी ४७ वर्षका लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयले प्रहरीले सार्वजनिक गरेको हो । उनले गत माघ २९ गते राती आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर उनको हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयानको क्रममा बताएका छन् ।

घरबाट बेपत्ता भएको १७ दिनमा लालबहादुर खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । खोज तलासका क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो । शव फेला पारेकै दिन प्रहरीले हत्याको आशंकामा लालबहादुरलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुरको नाममा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाका बारेमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । सम्झनाको हत्या के कारणले भयो र के कारणले सासुले झुण्डिएर आत्महत्या गरिन भन्ने बारेमा थप कुरा प्रहरीले अनुसन्धानपछि पुनः सार्वजनिक गर्ने बताएको छ ।