२३ बैशाख २०८२, मंगलवार

पल शाह र मल्लिका महतकाे जाेडि अब फिल्ममा

paul and malika 1

अभिनेता पल शाह र मल्लिका महतको जोडी दर्शकले पछिल्लो समय सर्वाधिक खोजेको र रोजेको जोडी हो। ‘फुलबुट्टे सारी’ र ‘टाढा भए पनि’ दुई गीतको भिडियोमा एकसाथ देखिएका पल र मल्लिकालाई दर्शकले ‘पीएम’ जोडीको उपमा दिएका छन्।

दुवै गीतले दर्शकको बेजोड माया पाएको छ। ‘फुलबुट्टे सारी’ को फिमेल भर्सनले ३ करोड ६० लाख बढी दर्शकको साथ पाएको छ भने ‘टाढा भए पनि’ सर्वाधिक छिटो करोड भ्युज पाउन सफल भैसकेको छ।

पल र मलिकाको जोडीलाई दर्शकले फिल्मकाे पर्दामा हेर्न चासो देखाईरहेका छन्। यी दुवै पनि चलचित्रमा काम गर्न उत्साहित रहेको आफ्ना अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा बताउदै आएका छन्।

अव यो जोडीलाई फिल्मकाे पर्दामा ल्याउने तयारी सुरु भएको छ। ‘केन्द्रमोसन पिक्चर्स’ ले यी दुवैलाई फिल्मकाे पर्दामा ल्याउने तयारी सुरु गरेको हो। दुवै म्युजिक भिडियोपनि यहि कम्पनिले निर्माण गरेको थियो। यतिबेला फिल्मकाे स्क्रिप्टको काम भैरहेको ‘केन्द्रमोसन पिक्चर्स’ प्रतिनिधिले हामीलाई जानकारी गराएका छन्। स्क्रिप्टको काम सम्पन्न भएपछि बाँकि घोषणा गर्ने तयारी सुरु हुने बताइएकाे छ ।

म्युजिक भिडियाेमा दर्शकले अत्यधिक रुचाइएकाे जाेडिलाइ फिल्ममा भने कतिकाे रुचाउने हुन आगामि दिनमा पक्कै थाहा हुनेछ ।

नेपाल घटनाकाे तर्फबाट यी पिएम जाेडिलाइ सफलताकाे शुभकामना