८ बैशाख २०८१, शनिबार

फिल्म ‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजी

for news

चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ फिल्म ‘प्रेमगञ्ज’ को लागि कलाकारको खोजी गरिएको छ ।

बिगत २५ बर्ष देखि नेपाली फिल्म जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस फिल्मका लागि मुख्य एक जना नायक र दुई जना अभिनेत्री लगाएत अन्य चरित्र अभिनेता अभिनेत्रीको पनि अडिसन हुने बताइएको छ ।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

निर्माण पक्षले अडिसनबाट नै फिल्मका नायक, नायिका चयन गर्ने बताइएको छ।

यस फिल्मको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहिबार हुने निर्माण टिमले जानकारी दिएको छ ।

premgunj castingcall final