१५ चैत्र २०८०, बिहीबार

प्रचण्ड माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित सात जनामाथि कारबाही

nekapa prachandaa

नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय सात जना नेतालाई कारबाही गरेको छ ।

नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताए ।
उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड माधव समूहको भनाइ छ ।