८ बैशाख २०८१, शनिबार

सदर चिडियाखानालाई चार थान विद्युतीय सवारी प्रदान गरिने : प्रम ओली

kp oli zoo

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पति बीचको अन्तर सम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेल स्थित सदर चिडियाखाना व्यवस्थापनको रजत महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कोषले व्यवस्थापनको जिम्मा लिएपछि चिडियाखानामा सुधार आएको समेत बताउनुभयो ।

चिडियाखानामा वन्यजन्तुको संरक्षणसँगै शैक्षिक दृष्टिकोणबाट पनि जोड्नुपर्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव, वन्यवन्तु, वनस्पति, प्राकृतिक स्रोत, इको सिस्टमको अर्थ र सम्बन्ध बारेमा हरेक विद्यार्थीलाई शिक्षा दिनुपर्ने उल्लेख गर्नुभयो ।

सदर चिडियाखाना साँघुरो हुँदै गएकाले खुला चिडियाखानाको अवधारणा अनुसार आफूले अघिल्लो कार्यकालमा भक्तपुरको सूर् यविनायकमा खुला चिडियाखानाको शुभारम्भ गरेको जानकारी गराउनुभयो । उहाँले चिडियाखाना भित्र ज्येष्ठ नागरिक, अशक्त र गर्भवती लगायतलाई आवत जावतमा सहजताका तर्फबाट चार थान विद्युतीय सवारी प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।