१५ चैत्र २०८०, बिहीबार

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’विरुद्ध कानूनी पत्र, आमिरसँगै ४ व्यक्तिलाई नोटिस

Four people received legal notice with Aamir Khan case related

बलिउड सुपरस्टार आमिर खान विरुद्ध मुद्दा दर्ता भएको छ । आमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर मुद्या दायर भएको हो ।

दुई वर्ष अघि रिलिज आमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर आमिरसँगै फिल्मसँग जोडिएका ४ व्यक्तिका विरुद्ध कानूनी नोटिस जारी गरिएको छ ।

उनिहरुमाथि एक जाति–विशेषको अपमान गरेको आरोप लागेको छ । फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा मल्लाह जातिलाई अपमान गरेको आरोपमा जौनपुरका जिल्ला एवं सत्र न्यायधीश मदनपाल सिंहको अदालतले मंगलबार फिल्मका प्रमुख अभिनेता आमिर तथा निर्माता आदित्य चोपडाका विरुद्ध कानूनी पत्र जारी गरेका हुन् । पत्रमा यो मामलामा आगामी सुनुवाई अप्रिल ८ मा हुने जनाइएको छ ।

जौनपुर कोर्टमा हंसराज चौधरीले आमिरसहित ८ विरुद्ध याचिका दर्ता गराएका थिए । उनले निर्देशक विजय कृष्णा, अभिनेता आमिर र निर्माता आदित्यविरुद्ध फिल्म रिलिज लगत्तै उजुरी दर्ता गराएका थिए ।

उनले फिल्ममा मल्लाह जातिलाई फिरंगी र ठग जस्ता शब्दले सम्बोधन गरेर पूरा मल्लाह जातिको छविमा असर पुर्‍याएको आरोप लगाएका छन् ।