८ बैशाख २०८१, शनिबार

नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटायो

प्रतिनिधिसभा विघटन निर्वाचनको मिति तय
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो ।

‘संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाउने निर्णय भएको छ’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने । नेकपा संसदीय दलको नेता प्रधानमन्त्री ओली हुन् भने उपनेता सुवासचन्द्र नेम्वाङ हुन् । फागुन १४ मा प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपा विवाद थप चर्किदै गएको छ । एक पक्षले अर्काे पक्षलाई हटाउने खेल चलिरहेको छ । निर्वाचन आयोगले कुन पार्टी आधिकारिक हुन्छ भन्ने निर्णय गरेको छैन ।