१२ बैशाख २०८१, बुधबार

पहिचान गुमाएका प्रचण्डले अन्यमा भोट नपाउने देखेर सूर्य चिन्ह खोजेका छन्: महेश बस्नेत

mahesh basnet 1024x573 1

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्र्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा सूर्य चिन्नबिना पुष्पकमद दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाललाई कुनै भोट प्राप्त हुन नसक्ने बताए छन् ।

भरतपुरमा बुधबार आयोजित ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल चितवनको कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रचण्ड–माधव पार्टी फुटाएर जानुभो तर, पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने तपाइँहरुलाई सूर्य चिन्हको माया लागेको छ’ उनले भने, ‘बोगटेलाई खसीको माया जस्तै माया हो यो । काट्नुभन्दा अगाडि सिङ्मा बत्ती बालेर रेटिन्छ । आगामी निर्वाचनमा सूर्य चिन्नबिना प्रचण्ड र माधव कुमार नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन । त्यही माया हो प्रचण्डलाई सूर्य चिन्हको । काट्ने बेलाको खसी बोका र राँगालाई गरेको माया जस्तै माया हो । यो मायाबाट मुक्त हुनुहोस् ।’

IMG 4536

आफ्नो पहिचान गुमाएका प्रचण्डले अरुको पहिचान सूर्य चिन्हका लागि मरिहत्ते गरिरहेको उनले बताए । मुलुकलाई विभिन्न वर्ग, जात र भूगोलका आधारमा पहिचानको मुद्दा उठाएर गृहयुद्धमा फँसाउन षड्यन्त्र गर्ने प्रचण्डले अहिले आफ्नो पहिचान नै गुमाएको बस्नेतले तर्क गरे । प्रचण्डले नेपालको कन्र्फटेबलको लागि नभई विदेशीको कन्र्फटेबलको लागि पार्टी विभाजन गराउन खोजेको बस्नेतले आरोप लगाए । ‘संसद पुनःस्थापना भएपछि विदेशी भाषामा कसलाई जवाफ दिनुभएको हो ? उनले प्रचण्डलाई प्रश्न गर्दै भने ‘त्यसको उत्तर एक हप्तादेखि नेपाली जनताले मागिरहेका छन् ।’ यसबाट पनि प्रचण्ड कसको इशारामा चलिरहेको पुष्टि हुने भन्दै उनले प्रचण्डलाई विदेशीको इशारामा चलेको बताएका थिए ।

आफू प्रधानमन्त्री बन्ने सोचमा लागेर प्रचण्डले सँधै ओलीको विरोध गरेको बताउँदै उनले त्यसैका लागि संसदमा आफूलाई प्रधानमन्त्री प्रस्ताव गरी अविश्वास प्रस्ताव गरेको स्मरण गराए । अहिले ओलीलाई हटाउन नसक्ने देखेपछि त्यो अविश्वास प्रस्ताव फिर्ता लिएको उनले बताए । ‘ओलीलाई हटाउन नसक्ने सोचेर प्रचण्डले अविश्वास प्रस्ताव फिर्ता लिएका छन् । अहिले प्रचण्डले मलाई प्रधानमन्त्री चाहिन्न । पदको लागि होइन भन्नुभएको छ । हैसियत भए पो हुन्थे प्रधानमन्त्री’ उनले भने, ‘त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थालेका छन् । शेरबहादुर देउबालाई भन्न पुगेका छन् ।’ धोकेबाज प्रचण्डले कांग्रेसलाई पनि पटकपटक धोका दिएकाले देउबाको साथ नपाएको उनले तर्क गरे ।

‘पहिचान गुमाएका प्रचण्ड–माधव अब संसदमा कुन लाइनमा बस्नुहुन्छ ?’ उनले प्रश्न गर्दे भने ‘सत्तापक्षको लाइनमा बस्नुहुन्छ की प्रतिपक्ष अरु दलका लाइनमा ?’ कुनै पनि लाइनमा बस्न प्रचण्ड–माधवलाई राजनीतिक नैतिकताले नदिने बस्नतेको भनाइ छ । बस्नेतले पहिचान गुमाएका प्रचण्ड–माधवको पक्ष नलाग्न नेकपा सांसदलाई आग्रह गर्दै ओलीकै लाइनमा बस्न आग्रह गरेका छन् । संसद खुलेपछि नेकपा ओली पक्ष झन् शसक्त भएर अगाडि बढ्ने बताउँदै उनले प्रचण्ड–माधवसँग अघि गुड्न गेयर नभएको बस्नतेले टिप्पणी गरे ।

माधव नेपाललाई आग्रह गर्दे बस्नेतले भने, ‘पूर्व एमालेको नामले तपाइँको पार्टीमा प्रशिक्षण दिन सक्नुहुन्छ भने, मदन अधिकारीले गरेकाका काम तपाइँको पार्टीमा भन्न सक्नुहुन्छ भने, मनमोहन अधिकारीको कार्यकर्ता भन्न सक्नुहुन्छ भने, यदि तपाईं अस्सली एमाले हो भने भन्न सक्नु हुन्छ भने । यो भन्दा कार्यकर्ताले जुत्ता नहानी कार्यकर्ताले समर्थन गरे भने उतै बस्नुस् होइन भने यता आउनुस् ।’
ओलीले मधेसवादी दलका केही साथीलाई आफ्नो पार्टीमा समावेश गर्न अध्यादेश ल्याए पनि प्रचण्डले त्यसलाई फिर्ता गराएको बताउँदै बस्नेतले अब प्रचण्डले नयाँ अध्यादेश ल्याउन ओलीलाई आग्रह गर्ने बताए । ‘प्रचण्डलाई पार्टी फुटाउन ४० प्रतिशत सांसद र स्थायी कमिटी पनि पुग्दैन । त्यसैले नयाँ अध्यादेशको माग गर्छन्’ उनले भने । उनले प्रचण्ड माधवलाई आग्रह गर्दै भने ‘सक्नुहुन्छ भने कमजोरी स्वीकारेर यो पार्टीको एकताबद्धमा आउनुस, होइन भने पार्टी फुटाएर जानुस् । आज न पोथी न भाले भएर नबस्नुस् ।’

राष्ट्रिय यूवा संघका संयोजक समेत रहेका बस्नतले कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल चितवन कमिटीका ५०१ जनालाई सपथ ग्रहण गराएका थिए । सुशील केसीको संयोजकत्वमा चितवनमा ओली पक्षीय युवा संघ गठन गरिएको छ ।