८ बैशाख २०८१, शनिबार

डडेल्धुरामा सरकारी कार्यालयमा बम बिष्फोट

bomb

डडेल्धुरामा एक सरकारी कार्यालयमा आइतबार राती बम बिष्फोट भएको छ ।

सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम बिष्फोट भएपछि कार्यालय प्रवेश गर्ने मुख्य ढोकामा सामान्य क्षति भएको छ ।

बम बिष्फोट कसले गराएको भन्ने यकिन भएको छैन । प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ ।

डोटी र डडेल्धुरा कार्य क्षेत्र रहेको उक्त कार्यालय कारागार कार्यालयको एक सय मिटर मात्र टाढा रहेकोमा सुतली शैलीको बम बिष्फोटबाट स्थानीय आतंकित भएका छन् ।