१३ बैशाख २०८१, बिहीबार

युवा संघ चितवनको जिल्ला भेलालाई महेश बस्नेतले सम्बोधन गर्ने

mahesh basnet
फाइल फोटो

राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला भेला आज भरतपुरमा हुने भएको छ । भेलालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीकाअनुसार कार्यक्रम आज मध्यान्ह १२ बजे भरतपुर महानगरपालिका वडा नं १२ स्थित वसन्त चोकमा रहेको स्मार्ट पार्टी प्यालेसमा हुनेछ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ चितवनको जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम हुने डल्लाकोटीले जानकारी दिनुभयो ।

“समृद्ध नेपाल, सुखी नेपाली समाजवाद निर्माणाको आधार, राष्ट्रिय स्वाधिनता र राजनीतिक स्थिरता आजको सरोकार” नाराका साथ हुने उक्त कार्यक्रममा बस्नेत सहित संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ । संघका नेता कार्यकर्ताहरुलाई कार्यक्रममा सहभागी हुन उहाँले आह्वान समेत गर्नुभयो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संघका जिल्ला नेता सुशील केसीले जानकारी दिनुभयो ।