१६ चैत्र २०८०, शुक्रबार

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

corona contract tracing
फाइल फोटो

नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ७० हजार ५४३ जना निको भएका छन् ।