fbpx
८ बैशाख २०७८, बुधबार

एक हजार ७०० ले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ ।

अस्थिर रहेको सुन चाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा रु ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा रु ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।