१३ बैशाख २०८१, बिहीबार

बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै

urea mall

नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ ।

पहिलो चरणमा २२ हजार ५ सय मेटन आयात हुन थालेको हो । त्यसैगरी दोस्रो चरणको १० हजार मेटन मल जेन ट्रेडले अबको हप्ता दिनभित्र प्राप्त गर्ने छ भने तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीखमा बुुझ्ने कम्पनीले बताएको छ ।

दोस्रो र तेस्रो चरणको मल भने चटगाउँ बन्दरगाहबाट प्राप्त भएपछि बंगलादेशकै बंगलाबन्ध बन्दगाहमार्फत रोहनपुर, सिंहवाद हुँदै विराटनगर आइपुग्ने र त्यसपछि वीरगञ्ज र भैरहवालगायत स्थानमा पठाइने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।