४ बैशाख २०८१, मंगलवार

हृदयघातका कारण वडाध्यक्ष धामीको निधन

woda adyachhya

दार्चुलाका वडाध्यक्षको निधन भएको छ । मालिकार्जुन गाउँपालिका– ३ का अध्यक्ष रुद्रसिंह धामीको निधन भएको हो ।

मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका ७८ वर्षीय धामीको सोमवार हृदयघातका कारण निधन भएको हो ।

वडाअध्यक्ष धामीको मृत्युपछि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा दुई दिन शोक विदा दिने निर्णय भएको छ ।

राष्ट्रकै सातौँ धामको रुपमा रहेको शैल्यशिखर मालिकार्जुन धामका मुखिया धामीको मृत्यु भएपछि मालिकार्जुन र शैल्यशिखरमा शोक विदा दिने निर्णय भएको हो ।