७ बैशाख २०८१, शुक्रबार

प्रचण्डको दाबीः सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ

prachanda scaled
फाइल फोटो

नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै निर्वाचन आयोगले नेकपाबारे निर्णय गर्ने बताएका छन् । उनले निर्वाचन आयोगले केही दिनभित्रै गर्ने उक्त निर्णय आफ्नो पक्षमा आउने दावी समेत गरे ।

सोमबार सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको नेकपालाई नै वैधानिकता र सूर्य चिन्ह पनि आफैले पाउने बताए । ‘कोही भ्रममा पर्नु पर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ’, प्रचण्डको दावी छ ।

उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए । उनले निकै ठुलो लक्ष्य र सपना बोकेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सामाजिक न्याय आवश्यक छ भन्ने महशुस गरेर नै दुई ठुला कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्दै पार्टी एकता गरेपनि ओलीका कारण त्यो दिशामा धक्का लागेको बताए । उनले विचार र राजनीतिका कार्यक्रमका आधारमा नै गठबन्धन हुदै एकता गरिएपनि ओलीले पार्टी निर्णय नमानेर समस्या सिर्जना भएको दावी गरे ।