fbpx
६ बैशाख २०७८, सोमबार

टोटनहमको फराकिलो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई, ह्यारी केन र लुकास मौराले एक एक गोल गरे ।जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोड्दै ८औँ स्थानमा उक्लिएको छ । पराजित बर्नली २८ अंकसहित खेलको १५औँ स्थानमा छ ।