८ बैशाख २०८१, शनिबार

अचानक लाइटर पड्कदा भएको आगलागीबाट घर जलेर नष्ट

madi aaglagi

चितवन माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडी नगरपालिमा ७ देवेन्द्रपुर स्थित शिवालय मन्दिर अगाडिको घरमा आगलागी हुँदा जलेर नष्ट भएको हो ।

आज दिउसो २ः२५ बजे स्थानिय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्यबहादुर थापाले जानकारी दिनुभयो । घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उहाँले बताउनुभयो ।

आगलागीबाट मानविय क्षति भएको छैन । एउटा बाख्रा जलेर मरेको थापाले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।