८ बैशाख २०८१, शनिबार

अस्पतालको लापरबाहीले बालकको ज्यान गएको भन्दै प्रदर्शन

sarlahi

सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै स्थानियबासीहरुले लालबन्दीमा टायर बालेर प्रदर्शन गरेका छन् ।

अस्पताल प्रति आक्रोश व्यक्त गर्दै उनीहरुले एक घण्टासम्म पुर्व–पश्चिम राजमार्ग समेत जाम गरेका थिए । लालबन्दी नगरपालिका वडा न– ६ जनवादी चौक निवासी रमेश गिरीको ७ महिने छोराको स्थानीय गाउँमैत्री बाल अस्पतालमा केहि दिनदेखि उपचार चल्दै आएको र अस्पतालले बालक सिकिस्त भएपछि शुक्रवार बिहान रेफर गरेर पठाएपछि जनकपुर लाने क्रममा बालकको बाटोमै मृत्यु भएक थियो । उपचार सम्भव नभएपछि सुरुमै रेफर गर्नुको सट्टा अन्तिम समयमा आएर रेफर गरेर उपचारमा संलग्न चिकित्सकले गैरजिम्मेवारीपुर्ण काम गरेको र आफुहरुलाई अभद्र व्यवहार समेत गरेको बालकका आफन्तहरुको आरोप छ ।

पीडित परिवार र अस्पताल पक्ष बिच वार्ता भइ बालकको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले मिनहा गर्ने सहमती भएपछी करिब १ घण्टा अवरुद्ध गरिएको राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिए ।