१२ बैशाख २०८१, बुधबार

विराटनगर महानगरपालिकामा मनपरी नियुक्ति, अधिकृत भए स्वकीय

biratnagar mahanagarpalikabp1

बिराटनगर महानगरपालिकामा पछिल्लो समय नियुक्तिको बिषयलाई लिएर विवाद नै सिर्जनाभयो । बोर्ड बैठकमा नै सदस्यबीचमा मतभेद भएको हो ।

बोर्ड बैठकबाट पास नै नभई महानगरपालिकाका मेयरले एक्लो निर्णयबाट पैसा बाँडेको तथा कर्मचारी नियुक्तिको बिषयले निक्कै चर्चा समेत पाएको थियो ।

यसअघि पनि पटक पटक विवादमा पर्दै आएको विराटनगर महानगरपालिकाको बोर्ड बैठक पछिल्लो समय पनि विवादित नै बनिरहेको बैठकमा सहभागी सदस्यले बताएका छन् । केहिदिन अगाडीको बोर्ड बैठकमा भने मेयर र उपमेयरका बिचमा चर्चाचर्की परेको बैठकमका सहभागी सदस्यले बताएका छन् । बोर्ड बैठक शुरु भएपछि सबैले आफ्ना एजेडा प्रस्तुत गर्दै थिए । त्यही क्रममा कर्मचारीको नियुक्तिको बिषय बैठकमा प्रबेश भएसँगै मेयर र उपमेयरबीच चर्काचर्की भएको थियो ।

सबैले कुरा राख्दै जाँदा उपप्रमुख ईन्दिरा कार्कीको पालो आएको थियो । त्यो बेलासम्म केही सदस्यहरु आफ्ना कुरा राखेर बाहिर निस्किएका पनि थिए । उपमेयरले आफ्नो कुरा राख्ने क्रममा मेयर भिम पराजुलीलाई सोधिन्, ‘तपाईले एक महिनामा ८ जना के को आधारमा नियुक्त गर्नुभयो ? उपमेयरको प्रश्न सुन्ने बितिकै मेयर पराजुलीले जंगिँदै भने, ‘यो मेरो अधिकारको कुरा हो, मैले जति पनि कर्मचारी भर्ना गर्न पाउँछु, स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार प्रयोग गरेको हुँ ।’

लगतै उपमेयर कार्कीले भनिन्, ‘ऐनको कुुन दफामा कर्मचारी प्रमुखले मात्र राख्न पाउने रहेछ, स्थानीय सरकार संचालन ऐन ल्याउनुस् केबल जी ।’ उनले प्रशासनका कर्मचारी केबल पोखरेललाई स्थानीय सरकार संचालन ऐन मागेपछि मेयर हच्किएरका थिए । बैठकमा सहभागी सदस्यका अनुसार पछि फेरी मेयरले आफुले मात्र कर्मचारी राख्न पाउनु पर्ने ऐनमा ब्यवस्था भन्ने बारे त्यतिकै भनेको जवाफ दिएका थिए ।

उपमेयर बिदामा एक महिना बसेर फर्किएपछि पहिलो बैठकमा सहभागी भएकी थिईन् त्यही बेला कर्मचारी नियुक्तिको बिषय उठेको थियो । एक महिनामा मात्र मेयर ८ जना कर्मचारी नियुक्त गरेको उपमेयर कार्कीले बताईन् । बिधि बिधान नियम बिपरित कर्मचारी नियुक्तिको बारेमा पछिल्लो समय महानगरपालिका विवादमा तानिएको छ । कर्मचारी नियुक्ति धेरै भएपछि यस अधिको बैठक वडा अध्यक्षहरुले बहिस्कार गरेका थिए ।

बिराटनगर महानगरपालिकामा २०७७ मंसिर २८ गतेसम्म कर्मचारी नियुक्तिलको विवरणलाई आधार मान्ने हो खुल्ला प्रतिस्पर्धा नै नगराई नियुक्त गरेको पाईएको छ । माग गरिएको सुचनाका आधारमा बिराटनगर महानगरपालिकाले खुला विज्ञापन बाहेक अन्य प्रकृया भन्दै नियुक्त भएका करारका कर्मचारीहरु ९४ जना नियुक्त गरेको छ । जसमा नर्सिंग अधिकृत देखि कार्यालय सहयोगीसम्म रहेका छन् । यसरी प्रक्रिया नै नपुर्याई नियुक्त भएकाहरुमा नसिंङ अधिकृत १ जना, कम्युटर अधिकृत १ जना, पाँचौँ तहमा ६ जना, चौथो तहका ७ जना पहिलो तहको ७ जना सहित अन्य श्रेणी बिहिन कर्मचारीहरु हेल्पर, चौकीदार, कार्यालय सहयोगी रहेका छन् । अन्य प्रकृयाबाट नियुक्त भएको भनिएकाहरु ४८ जना नगरपालिकाको निर्णय, महानगरपालिकाको छैठौँ नगरसभाबाट निर्णय गरेर २२ जना, कार्यपालिकाको बोर्ड बैठकबाट निर्णय गरेर २१ जना र संघीय सरकारको दरबन्दी अनुसार भनेर पनि ३ जनाको नियुक्ति भएको बिराटनगर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

महानगरपालिकाले नगर कार्यपालिकाको कार्यालयको दरबन्दी चाट सिट अनुसार कर्मचारीहरु नभएको अबस्थामा नगरवासीको सेवा सुबिधालाई ध्यानमा राख्दै कार्यालयको कामकाजलाई सहज रुपमा कार्यान्वायन गर्न भन्दै रिक्त पदहरुमा संघीय, प्रदेश सरकारबाट ब्यवस्थापन नहुँदसम्मका लागि नगरसभा, कार्यापालिका र कार्यालयको निर्णय बमोजिम बिभिन्न प्राबिधिक पद र श्रेणी बिहिन तर्फ कार्यालय सहयोगी, बारुणयन्त्र, सिपाही, माली, कुचिकार, बिद्युत हेल्पर, सवारी चालक र चौकीदार लगायतको पदहरुमा ८७ जना सेवा करारमा लिईएको महानगरपालिकाले जनाएको छ ।

त्यस्तै महानगरपालिकाका मेयरको निजी सचिवालयमा पनि स्वकीय सचिव १ जना, संचार संयोजक १ जना र जनसम्पर्क अधिकृत १ जना सेवा परामर्शबाट पारिश्रमिक उपलब्ध गराउने गरी सेवा करारमा लिईएको छ । ‘महानगरपालिका नगरकार्यपालिकाको कार्यालयमा २०७४ साल असार १४ गतेपछि हालसम्म डोर हाजिर, ज्यालादारीको हकमा अति आबश्यक कामको प्रयोजनको लागि दैनिक पारिश्रमिक उपलब्ध गराउनेगरी क्षणिक समयको लागि कर्मचारी राख्ने गरिएको छ । महानगरपालिकाले उपलब्ध गराएको सुचनामा भनिएको छ, स्थानीय तहको अधिकारलाई सुनिश्चीत गर्नका साथै कार्यालयको नियमित काम काजलाई कार्यान्वायन गर्ने पाटोलाई मध्यनगरगरी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट स्वीकृत दरबन्दी बमोजिम कर्मचारी ब्यवस्थापन नभएएकोले सेवा करामा लिईएको हो ।’

स्वकीयलाई अन्यत्र नियुक्ति

महानगरपालिकामा स्वकीयको रुपमा नियुक्त भएकाहरुलाई अन्यत्र नियुक्ति दिने र नयाँ स्वकीय ल्याउने काम पनि महानगरपालिका भित्र भएको पाईएको छ । प्रमुृख उपप्रमुृखहरुले कार्यभार सम्हालेपछि उनीहरुको नीजि सचिवालयमा मेयर भीम पराजुलीले शुरुमा यज्ञराज गिरी( त्रिभुषण) लाई नियुक्त गरेकोमा उनलाई हाल कम्युटर अधिकृतमा नियुक्त दिईएको छ । उनलाई कम्युटर अधिकृतमा नियुक्ति दिएसँगैँ उनको ठाउँमा २०७७ साउन १ गतेदेखि लोकेन्द्रप्रसाद तिम्सीनालाई स्वकिय सचिवमा नियुक्त गरिएको छ । त्यस्तै उपप्रमुखको सचिवालयमा कुशल बस्नेत कार्यरत रहेकोमा उनको ठाउँमा सुमन श्रेष्ठ (रजक०) नियुक्त भएका छन् । कुशल बस्नेतलाई तथ्यांक सहायक पाँचौँमा नियुक्त दिईएको छ । मेयरले मात्र आफु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि ४८ जना नियुक्त गरेको देखिन्छ । जसलाई नगरपालिकाको निर्णय बमोसजिम भनिएको छ । यस बाहेक पनि कानुन विज्ञ सहित अन्य ८ जना थप नियुक्त गरेको आरोप कार्यपालिकाको बोर्ड बैठकमा उठ्दै आएको छ । प्रकृया पुर्याएर खुल्ला प्रतिस्पर्धाबाट प्रतिस्पर्धाबाट भने ५५ जनाको करार सेवामा नियुक्त गरिएको छ ।

मेयर भन्छन् मैले गलत गरेको छैन

बिराटनगर महानरपालिकाका मेयर भिम पराजुलीले कर्मचारी नियुक्तिमा भने आफ्नो ठाडो हस्तक्षप नभएको बताएका छन् । तर उनले कर्मचारी नियुक्त गरेको बारेमा भने स्वीकार गरेका छन् । टिप्पणीको आधारमा प्रमुख प्रशासकीय अधिकृतले दरबन्दी भए नभएको बारेमा निर्णय गरेर मात्र कर्मचारी नियुक्ति हुने भएकोले त्यसमा मेयरले ठाडो हस्तक्षप नगरेको उनले बताए । उनले पहिलाका सरसफाई कर्मचारीलाई करारमा ल्याईएको दाबी उनको छ । आन्तरिक श्रोत देखाउँदै कर्मचारी भर्ना गरेको बारेमा वडा अध्यक्ष तथा कर्मचारी प्रशासनमा भने यसको बिरोध हुँदै आएको छ ।

2 1 scaled 1
4 scaled 1
6 scaled 1
7 scaled 1
8 scaled 1
9 scaled 1

यो समाचार आवर विराटनगर डटनेटमा छापिएको छ