१६ चैत्र २०८०, शुक्रबार

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

Sigas Rural Municipality

बैतडीको सिगास गाउँपालिकामा मदिरा बिक्रि बितरणका कारण बिभिन्न समस्याहरु निम्तीएकाछन् । मदिरा सेवनले घरेलु हिंसाहरु बढेकाछन् भने दर्जनौँ ब्यक्तिले ज्यान गुमाएकाछन् ।

२०५५सालयता स्थानिय ३७जनाले अत्याधिक मदिरा सेवनकै कारण ज्यान गुमाएको सिगास समाजका केन्द्रीय अध्यक्ष सुरेन्द्र ऐरले बताउनुभयो । मदिराले समस्या निम्त्याएपछि २०७१ सालमा तत्कालिन केहि गाबिसहरुलाई मदिरा निसेधीत घोषणा गरेपनि कार्यान्वयन हुन नसक्दा गाउँघरमा जताततै मदिराको कारोवार बढेको छ ।

अनुमतिपत्र बिनै जताततै मदिराको कारोवार भैरहेका स्थानियबासिको गुनासो रहेको छ । मदिरा बेचबिखन नरोकिदाँ घरेलु हिसांहरु बढेको सिगास ८का बर्षा ऐरले बताउनुभयो । पुरुषहरु दैनिक मदिरा सेवन गरेर आफ्ना श्रीमती, छोराछोरीलाई कुटपिट, गालिग्लौज गर्ने गरेको उहाँले बताउनभयो । दैनिक उपभोग्य सामग्री खरिदका लागी दैनिक ८घण्टा सम्मको पैदलयात्रा गर्नुपर्ने ठाउँमा मदिराको कारोवार भने बढेको छ ।

यस क्षेत्रमा लेवल नभएको मदिरा बिक्रि हुने गरेको सिगास समाजका अध्यक्ष ऐरले बताउनुभयो । यस बिषयमा स्थानियबासिले आवाज उठाएपनि सरोकारवाला निकायले ध्यान नदिएको स्थानियबासिको गुनासो छ । मदिराले समाजमा बिक्रिति निम्त्याएको भन्दै मदिरा निशेधीत क्षेत्र घोषणाका लागी तयारी गरिरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

बिगतमा आफुहरुले मदिरा निशेधीत क्षेत्र घोषणा गरेपनि स्थानिय ब्यापारिले मुद्धा हालेका कारण उक्त निर्णयबाट पछाडी हट्नुपरेको उहाँले बताउनुभयो ।