१४ बैशाख २०८१, शुक्रबार

‘आमाबुबालाई वृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ’

gajal bimochan

साहित्यमा यस्ता शब्दहरु हुन्छन् जुन शब्दहरु दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोगिरहनु परेको हुन्छ । त्यस्तै मध्यको एक हरफ हो “आमाबुबालाई वृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ” ।

यो हरफ दैलेखमा शनिबार विमोचन भएको ‘जिवन यात्रा’ गजल संग्रहको हरफ हो । गजलकार बबिता बिष्ट(थापा)को गजल संग्रहमा लेखिएको हरफ साँच्चिकै समाजको यथार्थ बोकेको हरफ हो । ‘कला साहित्यको विकास र उत्थान–समाज परिवर्तनका लागि हाम्रो अभियान’ भन्ने नारालाई आत्मसाथ गर्दै साहित्यकार बबिता विष्ट(थापा)को पहिलो गजल संग्रह ‘जीवन यात्रा’ शनिबार विमोचन गरिएको छ । संग्रह विमोचन तथा रचना बाचन कार्यक्रम गर्दै उनको पहिलो कृति विमोचन गरिएको हो ।

“कला साहित्य उत्थान” नेपालका अध्यक्ष कृष्ण प्रसाद देवकोटाको सभापतित्व र साहित्यकार गुडनिधि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका करीव २० जना साहित्यकारहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए ।

कला साहित्य प्रतिष्ठानले आयोजना गरेको ‘जिवन यात्रा’ गजल संग्रह बिमोचन कार्यक्रममा कृतिको टिप्णीकर्ता समालोचक नरेन्द्रराज उपाध्यायले गजल विधा जति गहिरीएर बुझ्यौ त्यतिनै बुझ्न कठिन हुने भन्दै ‘जिवन यात्रा’ गजल संग्रहमा भएका धैरै कुराहरु राम्रा भएको विचार राख्दै संग्रह बिमोचन गरेका छन् ।

gal bimochan dailekh

कार्यक्रममा प्रमुख अतिथि गुडनिधि आचार्यले बाचन गरेका सम्पुर्ण रचनाहरुलाई औल्याउँदै पछिल्लो चरण जिल्लामा साहित्य सम्बन्धी कार्यक्रम कम हुदै गरेको र सबै मिलेर यस्ता कार्यक्रमलाई अगाडि बढाउनु पर्ने धारण ब्यक्त गरे ।

कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभापति कृष्ण देवकोटाले साहित्यका धेरै विधाहरु भएको भन्दै पछिल्लो समयका गजल विधाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको विधालाई आफुले साहित्यको खीर भन्ने गरेको बताए । उनका अनुसार गजललाई स्वतन्त्र रुपमा बहरमा संगित संग पनि पस्कन सक्छौँ ।

सुरु–सुरुमा दैलेखमा गजलको कार्यक्रम संचालन गर्दा अफ्ठेरो महसुस हुने गरेको साथै हाल दैलेखका धेरै साहित्यकारहरु विभिन्न ठाउँहरुमा गईसकेका अनुभव सुनाए । दैलेखमै बसेर गजलको संस्थागत विकास गराउनेमा थोरै श्रष्ठाहरु भए पनि पछील्लो चरणमा श्रष्टाहरु बढ्ने क्रममा रहेको र त्यो खुसिको कुरा रहेका बताए । साथै उनले कला साहित्य उत्थानबाट दैलेखमा दर्जन भन्दा बढि कृतिहरु विमोचन गरिसकिएको बताए ।

सप्तरङ्गी साहित्य समाज नेपालले प्रकाशन गरेको गजल संग्रह विमोचन कार्यक्रमा जिल्लास्थित साहित्यकार पत्रकार लगाएत करीब ७० जनाको सहभागिता रहेको थियो ।