१३ बैशाख २०८१, बिहीबार

नेकपा कसको फागुन २० गते सर्वोच्च अदालतले फैसला गर्ने

Supreme Court 43KnAVGEAY

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेसँगै उत्पन्न पार्टीको नाम विवादबारे सर्वोच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै उस्तै नामको अर्को दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध ऋषिराम कट्टेलले सर्वोच्चमा रिट दिनु भएको थियो । रिटमाथि सुनुवाइ गर्दै अदालतको बिहीवारको इजलासले २० गते निर्णय सुनाउने निधो गरेको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनु भयो ।

बिहीवार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । नेकपाभित्र आन्तरिक विवाद चर्किएर राजनीतिक रूपमा फुटको अवस्थामा पुगेका बेला सर्वोच्चबाट नामबारे फैसला आउन लागेको छ ।