१३ बैशाख २०८१, बिहीबार

काँग्रेसले तत्काल नेकपाको कुनै पनि पक्षसंग सहकार्य नगर्ने

nepali congress party office

सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि नेपाली राजनीति फेरि एकपटक तातेको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेपछि अब नयाँ सरकार कसले बनाउने भन्ने विषय पेचिलो बन्दै गइरहेको छ । नेकपाका दुई पक्ष नै अहिले काँग्रेसलाई मनाउन लागि परेको छन् । तर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने तत्काल नेकपा विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निचोडमा पुगेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले तत्काल कुनै पक्षसंग सहकार्य नगर्ने, पर्ख र हेरको अवस्थामा रहने निश्कर्ष निकालेको हो ।

बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा समेत भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।