fbpx
१३ फाल्गुन २०७७, बिहीबार

मानव बेचबिखनमा संलग्न अभियुक्त पक्राउ

मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त काठमाडौँ चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका–४ का ३५ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई फकाइ प्रलोभनमा पारी श्रीलङ्का पु¥याउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले चाबहिलबाट पक्राउ गरेको हो ।

चौधरीउपर जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।