१५ चैत्र २०८०, बिहीबार

राजनीति गोलचक्कर हो उसैगरि चलिरहन्छ, के को दिपावली के को रुवाबासी ? : नेता बास्कोटा

gokul baskota
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलई सर्वोच्च अदालतले बदर गर्दा दिपावली र रुवाबासी गर्नुनपर्ने बताएका छन्।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको विघटनलाई बदर गरेपछि प्रतिक्रिया दिँदै बास्कोटाले संविधानले नभइ राजनीतिले संसदमा असर गरेको उल्लेख गरेका छन्। उनले अबको राजनीति आफै तालसुरमा चल्ने समेत बताएका छन्।  

बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन। त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि। राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ। के को दिपावली के को रुवाबासीर ? बाँकी हेर्दै जाने हो।