१३ बैशाख २०८१, बिहीबार

ओलीसमुह बालुवाटारमा जमघट , प्रचण्ड–माधव पक्षमा उत्साह

pm office baluwatar

संसद् विघटनको विपक्षमा फैसला आएपछि प्रधानमन्त्री निवास बालुवाटारमा खैलावैला सुरु भएको छ । फैसलासँगै प्रधानमन्त्री ओलीले आफू निकटका व्यक्तिहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

यता, नेकपाको प्रचण्ड– माधव समूह यस फैसलापछि उत्साहित बनेको छ । अध्यक्ष प्रचण्डले गणतन्त्रवादी र संविधान पक्षधरहरुको जीत भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले सबै नेपाली जनतालाई बधाई दिनु भएको हो ।