११ बैशाख २०८१, मंगलवार

‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती विजयी

b divison league mya

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा नयाँबस्ती युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा नयाँ बस्तीले मध्यपुर युथ एशोसिएशनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

नयाँ बस्तीका लागि सचु गुरुङ र अवय धिमालले एक एक गोल गर्नुभएको हो । गुरुङले खेलको आठौँ मिनेटमा गोल गर्नुभएको हो । यस्तै धिमालले खेलको ७९औँ मिनेटमा गोल गर्नुभएको हो । यसैगरी मध्यपुरका लागि सान्त्वना गोल खेलको ५७औँ मिनेटमा भूपाल सिंह गुरुङले गर्नुभएको हो ।

कोरोना भाइरसको महामारीको कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः आजदेखि शुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुने छ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।