१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओली नेतृत्वको सरकार दलित समुदायप्रति अनुदार

dalit biroshsabha dailekh

प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार दलित समुदायप्रति अनुदार भएको बताएकी छिन् । नेपाल दलित मुक्ति संगठन दैलेखले सदरमुकाममा आयोजना गरेको प्रतिगमन विरुद्धको प्रदर्शन कार्यक्रममा उनले अहिलेको सरकार दलित समुदायप्रति अनुदार भएको बताएकी हुन ।

बर्तमान सरकारले जनहितको विकास गतिविधि गर्न नसकेको, विधिको शासन मिचेको र बलमिच्याइँ पूर्वक सत्ता चलाउन खोजेकोले राजनीतिक अस्थिरता पैदा भएको उनको धारणा छ । दैलेखमा भएको विरोध कार्यक्रममा नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सदस्य गोपाल नेपालीले कार्य जिम्मेवारीप्रति उत्तरदायी र क्षमता प्रदेश प्रमुख परियारलाई सरकारको सिफारिसमा राष्ट्रपतिले बर्खास्त गर्नुले समावेशी सिद्धान्तको अवज्ञा भएको व्याख्या गरे ।

कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य अम्मरबहादुर थापाले प्रधानमन्त्री ओलीले नेपाल संविधानको गलत प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेका र सर्वोच्च अदालतको फैसलाबाट संसद पुन:स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । त्यस्तै संविधानसभा सदस्य ललिता रेग्मीले दलित समुदायको एक मात्र प्रतिनिधित्व रहेको २ नं. प्रदेशका प्रमुख तिलक परियारलाई बर्खास्त गर्नु केपी शर्मा ओलीको जनबिरोधी काम भएको बिचार राखिन ।

नेपाल दलित मुक्ति संगठन दैलेखका संयोजक चक्रलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला कमिटीका सदस्यहरु रुपलाल बिश्वकर्मा, रामबहादुर नेपाली, हर्क नेपाली, दलित नेताहरु जनक सुनार, खजुरा सुजी, मनकुमारी सुनार, कर्ण नेपाली लगायतले प्रतिगमन बिरुद्धको आन्दोलनको महत्वबारे बोलेका थिए ।

फागुन ७ गते सरकारले २ नं. प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेको बिरोधमा प्रचण्ड नेपाल समूहको नेपाल दलित मुक्ति संगठनले देशैभर सोमबार राखिएको बिरोध कार्यक्रममा गरेको छ ।

दैलेख सदरमुकामको गणेश चोकबाट सुरु भएको बिरोध प्रदर्शन र्‍यालीले प्लेकार्ड, नेपाल दलित मुक्ति संगठन झण्डा, व्यानर सहित नारा लगाउदै चोक चोकमा रोकिंदै गरिएको कोणसभामा वक्ताहरुले प्रतिगमन विरुद्धको आन्दोलनको आवश्यकता बारे प्रकाश पारेका थिए ।