१५ चैत्र २०८०, बिहीबार

संसद पुनर्स्थापना भए देशमा अस्थीरता सिर्जना हुन्छ :प्रधानमन्त्रीओली

kp oli address scaled
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भए देशमा अस्थीरता सिर्जना हुने चेतावनी दिनु भएको छ ।सोमबार कञ्चनपुरको दैजीमा रहेको छेला औधोगिक क्षेत्र शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनस्थापना भए भागबण्डाको राजनीति र खरिदबिक्री सुरु हुने बताउनु भएको छ ।

‘पुनःस्थापना भए के हुन्छ रु फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ । त्यसका लागि पार्टीहरु खोज्नुपर्छ । कसैको बहुमत पुग्दैन । भागबण्डाको राजनीति, खरिदबिक्री, अस्थिरताको खेल सुरु हुन्छ’, उहाँले भन्नु भयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि देश चुनावतिर गइसकेको बताउँदै सबै नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न नेता तथा निर्देशन दिनु भयो ।

उहाँले केही दिनअघि विराटनगरमा गरेको सम्बोधनलाई स्मरण गर्दै आफूले आन्दोलन गर्ने भनेर ढुंगा मुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पार्नु भयो ।

‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ । उनीहरुले त ढुंगा मुढा गर्ने, नारा जुलुश गर्ने बुझेछन्’ उहाँले भन्नुभयो ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हुँ । नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन ।’

उहाँले आफुले अदालतलाई धम्की नदिएको दाबी गर्दै भन्नु भयो , ‘हामी लोकतन्त्रमा न्यायालयलाई धम्क्याउने दबाब दिने कुरामा विश्वास गर्दैनौं । मैले कसैलाई धम्की दिनुपर्ने आवश्यकता छैन । हामी स्वतन्त्र न्यायालयको पक्षमा छौं ।’