६ बैशाख २०८१, बिहीबार

दीपेन्द्रको सर्ट फिल्म ‘वरदान’मा दयाहाङ र नम्रता

dayahang and namrata 1

दीपेन्द्र लामाको निर्देशनमा छोटो फिल्म ‘बरदान’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेका छन् । दीपेन्द्र कै लेखन तथा निर्देशनमा तयार भएको ‘वरदान’ नामक फिल्मा दया र नम्रता लामो समयपछि एकसाथ पर्दामा देखिएका हुन् । फिल्ममा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा निर्माण भएको हो ।

फिल्ममा विविध कारणले आत्महत्याको प्रयास गर्न वाध्य पारिएकी एक नारीको कथालाई उठान गरिएको छ । २० मिनेट लामो यो फिल्ममा दया र नम्रताका साथमा प्रविण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जनको अभिनय गरेका छन् । केही हप्तापछि अनलाइन प्लेटफर्मबाट रिलिज गरिने यो छोटो फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत छ ।