१३ बैशाख २०८१, बिहीबार

तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ अब नेपाली भर्सनमा, फिल्मका लागि कलाकारको खोजी

arjun reddy audition

नेपाली फिल्मले बलिउडको हरेक कुरा कपी गर्दै आएको थियो । यस पटक नेपाली फिल्मले नामै कपी गरेको छ। दक्षिण भारतीय तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ नेपाली भर्सनमा निर्माण गरिने भएको छ। यो फिल्मले बलिउड बक्स अफिसमा तहल्का मच्चाएको फिल्म थियो ।

यसैको नेपाली भर्सनमा निर्माण गर्न लागिएको हो । नेपाली भर्सनमा बन्ने फिल्मका कलाकार छनोट गर्न थालिएको छ। । फिल्म बन्ने चर्चा चलेको लामो समयदेखि चलेको भएपनि निर्माणपक्षले अहिलेसम्म काम सुरु गर्न सकेको छैन । फिल्म ‘अर्जुन रेड्डी’ अभिनेता हिन्दी रिमेक ‘कविर सिंह’ले अभिनय गरेका थिए भने नेपाली भर्सनमा बन्ने फिल्ममा अभिनेता हरिहर अधिकारी र आर्यन सिग्देलको नाम अगाडि आइरहेको थियो ।

तर, दुबै जना अभिनेता यो फिल्ममा नहुने पक्का जस्तै भएको बुझिएको छ । आर्यन र हरिहर छोडेर निर्माण पक्ष फिल्ममा लिड भुमिकामा अभिनय गर्ने कलाकारको खोजीमा निर्माणपक्ष लागेको छ । नेपाली भर्सन फिल्ममा विशाल सापकोटाको निर्देशन गर्ने भएका छन् भने फिल्मका लागि मुख्य अभिनेता ,अभिनेत्रीका साथै अन्य कलाकारको अडिसन गर्न फिल्मका निर्माण पक्ष जुटेको छ ।

अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्का तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण संझौतामा हस्ताक्षर गरेका गरिसकेका छन् ।
यो फिल्म दक्षिण भारतीय फिल्मको अधिकार नै लिएर निर्माण गर्न लागेको पहिलो फिल्म हो । यो भन्दा अगाडी कसैले पनि भारतिय फिल्मको इजाजत पत्र लिएको थिएन। यस फिल्मलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दैछन्।