७ बैशाख २०८१, शुक्रबार

बिना इजाजत औषधि ओसारपसारमा संलग्न तीन जना पक्राउ

arest

चितवन प्रहरीले बिना इजाजतका औषधि ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले भरतपुर महानगरपालिका–३ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने ३० वर्षीय दिनेश तामाङ, सोही ठाँउका २२ वर्षीय प्रदिप विश्वकर्मा र भरतपुर महानगरपालिका वडा नं. २ का १८ वर्षीय समिप तामाङ रहेका छन् । भरतपुर–३ कमलनगरमा डेरा गरी बस्ने दिनेश तामाङले आफ्नो डेरामा लागू पदार्थको रुपमा प्रयोग गर्ने गराउने उदेश्यले विना इजाजतका औषधिहरु विक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ट्रामा ९९४३ ट्याब्लेट, अनार्गन ४३६ ट्याब्लेट, स्टागन १२४० ट्याब्लेट, रेडमी मोवाइल दुई थान, नगद १ लाख ४६ हजार, सामसुङ मोबाइल १ थान र आइफोन मोवाइल १ थान बरामद गरिएको छ ।

बरामद औषधिहरु, नगद र पक्राउ परेका मानिसहरुका सम्बन्धमा औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।