११ बैशाख २०८१, मंगलवार

नेपालमा थप ८० जनामा कोरोना, १२१ जना निको

corona insurance

पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । गत २४ घण्टामा काठमाडौँमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी काठमाडौँ उपत्यकामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना निको भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ ।