१६ चैत्र २०८०, शुक्रबार

पदलोलुप प्रचण्ड र माधवको हालत हिटलरको जस्तै हुनेछ

ram b.

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रचण्ड र माधव नेपाल फुटवादी र पदलोलुप भएको भन्दै उनीहरुको हालत हिटलरको जस्तै हुने बताएका छन् ।

आज विराटनगरमा नेकपा ओली समूहले गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।

गृहमन्त्री बादलले आफूलाई सरकार छाड्दै छ भनेर उनीहरुले गलत प्रचार गरेको बताएका छन् । उनले भने, ‘ हिटलरको सञ्चारमन्त्री गोयबल्सको जस्तै कुनै पनि झुटो कुरालाई १०० पटक दोहो¥याए सही हुन्छ भने झै दुष्प्रचारमा लागेका छन् । यो उनीहरुको प्रतिगामी सोच हो ।’ गृहमन्त्री थापाले प्रचण्ड–माधव समूहले गोयबल्सको सिद्धान्त अनुसार अगाडि बढिरहेको बताए । उनले भने, ‘फुटवादी र पदलोलुप गोयबल्स नीति कदापी सफल हुने छैन । उनीहरुको हालत हिटलरको जस्तै हुनेछ । जनताले एक दिन परास्त नै गर्ने छन् ।’

तीन वर्षसम्म सरकारले निकै राम्रो काम गरेको दाबी गर्दैै गृहमन्त्री बादलले देशको आर्थिक सूचांकमा सुधार आइरहेको समयमा उनीहरुले अस्थिरता ल्याउन खोजेको बताए । सबैभन्दा लोकतान्त्रिक विधि नै ताजा जनादेश भएको उनको दाबी थियो । उनले भने, ‘ वैशाख २७ गते हुने निर्वाचनमा सहभागी भएर आफ्नो महत्वकांक्षा पुरा गर्नुहोस् । अहिले हाम्रो विरोध गर्ने ती अवसरवादीहरु पनि चुनावमा होमिइसकेका छन् । चुनाव चिन्ह लिनको लागि निर्वाचन आयोगलाई दबाब दिइरहेका छन् ।’