१४ बैशाख २०८१, शुक्रबार

खनाल स्वदेश फिर्ता

jhalanath khanal

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्कनुभएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उहाँ आज स्वदेश फर्कनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री खनाल आफ्नी धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली जानुभएको थियो । चिकित्सकका अनुसार खनालको स्वास्थ्यावस्थामा सुधार भएको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।